विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सबै दल एक भएर अघि बढ्न प्रस्ताव गरेका छन् ।
बुधबार कोशी प्रदेशसभामा विश्वासको मत माग्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।
मुख्यमन्त्री कार्कीले भने–‘एकजुट भएर लागौँ, सबै एकजुट बनौँ,’ उनले भने, ‘अन्तिम विकल्प धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन भएको छ, यसमा सहयोग गर्ने सबैलाई धन्यवाद । प्रदेश प्रमुखप्रति आभार ।’
साथै, उनले राजनीतिक परिस्थितिले प्रदेशको समग्र विकास गर्नुपर्ने बताउँदै प्रदेशको पूर्ण रुपमा कार्यान्वयन गर्न सबै मिलेर, संघीयताको प्रत्याभूति गर्नुपर्ने उल्लेख गरे ।
कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।