Techie IT
२०८२ वैशाख १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘सरकार कहिल्यै पनि स्थायी हुँदैन, मलाई अरु कमेन्ट गर्नु छैन’

‘सरकार कहिल्यै पनि स्थायी हुँदैन, मलाई अरु कमेन्ट गर्नु छैन’


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभइ रमाउनु पनि राजनीति रहेको बताएका छन् ।

सोमवार कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

उनले भने, ‘राजनीति गर्नु भनेको धुम्म परेर बस्नु होइन । रमाउनु पनि हो । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मलाई औधि मन पर्छ । कलालाई धेरै राम्रोसँग प्रतिनिधित्व गरेका प्रतिविम्वित गरेका कलाकारभित्र मदनकृष्ण र हरिवंश पर्छन् । सेन्सर चाहिँदै चाहिँदैन भन्ने पनि होइन । सेन्सर चाहिन्छ तर हातमा कैँची छ भनेर जथाभावी चलाउनु हुँदैन ।’

उनले सरकार कहिल्यै पनि स्थायी नहुने टिप्पणी समेत गरे । नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला सरकारको बारेमा भनिरहनु आवश्यक नरहेको उनले बताए ।

उनले भने, ‘सरकार भनेको कुनै पर्मानेन्ट हुँदैन । फेरि मैले सरकारको बारेमा खालि सेन्सरसिपको बारेमा मात्रै भनेको हो, अरु होइन । सरकारको बारेमा मलाई अहिले कमेण्ट गर्नु छैन । फेरि दशैँको आज द्वितीयाको दिन । नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला, किन सरकारको बारेमा भन्नु । भनिरहनुपर्ने आवश्यकता नै छैन ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

Techie IT