Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिदेउवा, म र कोइरालाबीचको सहमतिले गठबन्धनविरुद्धको षडयन्त्रलाई निस्तेज पारेको छः प्रचण्ड

देउवा, म र कोइरालाबीचको सहमतिले गठबन्धनविरुद्धको षडयन्त्रलाई निस्तेज पारेको छः प्रचण्ड


चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले गरेका काम देखेर केहीलाई छटपटाहट भएर सरकार भत्काउन लागेको आरोप लगाएका छन्। आइतबार पश्चिम चितवनको शारदानगरमा तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले गठबन्धन भत्काउने र सरकार गिराउने प्रयास असफल भएको दावी गरे। कोशी प्रदेशमा पछिल्लो समयमा विकसित राजनीतिलाई संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले त्यहाँ गठबन्धन विफल पार्न योजनाअनुसार षडयन्त्र भएको आरोप लगाए।

‘देशभित्र र देश बाहिर रहेका नेपालीको हितमा काम गर्दा एकथरी मानिसहरू छटपटिएका छन्। उनीहरूलाई के गरी यो गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउन सकिन्छ कि भनेर लागिपरेका छन्। थरी मानिसहरू छटपटिएका छन्। उनीहरूलाई के गरी यो गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउन सकिन्छ कि भनेर लागिपरेका छन्। कहिल्यै सत्तामा प्रवेश गर्न पाइँदैन कि भनी एकथरी निकै विछिप्त भएका छन्,ुप्रधानमन्त्री दाहालले भने,’ उनले भने।

त्यस्तै, उनले कोशी प्रदेशमा खेलेर गठबन्धसँग खेल्न खोजे पनि आफूहरुले निस्तेज पारेको दाबी गरे। आफू, कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच सहमति गरेर योजनालाई विफल बनाएको उनको भनाई छ।

‘कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देख्नु भएको छ। यही गठबन्धनले राम्रो गर्न खोजेकोलाई सहन नसकेर एकथरी मानिसले यहाँभित्र खेल्न सकिन्छ कि, विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअुसार कामहरू गरिरहेका छन्,’ उनले भने, ‘तर, हिजो सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको म आफै र नेपाली कांग्रेसका नेता शेखर कोइरालाको बीच एउटा सहमति गरेपछि त्यो षडयन्त्रलाई निस्तेज पारिएको छ।’

उनले अब गठबन्धन पूर्णकार्यकालसम्म जाने विश्वास व्यक्त गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT