Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, मन्त्रिपरिषद् पनि विस्तार

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, मन्त्रिपरिषद् पनि विस्तार


विराटनगर। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन्।

कार्कीले नेकपा एमालेका रामराना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका छन्। उनीहरू दुवैजनाले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। उनीहरूको मन्त्रालय भने तोकिएको छैन।

कार्की नेपाली कांग्रेसका ८ र नेकपा एमालेका एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। कांग्रेसका नेता शेखर कोइराला समूहबाट मुख्यमन्त्री बनेका कार्कीले आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।

वर्तमान गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेका थियो। तर,कोइराला समूहले एमालेसँग मिलेर कार्कीलाई अघि सारेपछि गठबन्धनका उम्मेदवार मुख्यमन्त्री हुनबाट बञ्चित भएका थिए।

मुख्यमन्त्री कार्कीले एमालेलाई सरकारमा सहभागी गराएपछि गठबन्धनभित्र हलचल पैदा भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT