गृहपृष्ठ ∕ राजनीति ∕ कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्तकोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त नेपालीपत्र शनिबार, २०८० असोज २७ गते, १०:४१ मा प्रकाशित राजनीति विराटनगर । कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।यसअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ (मुख्यमन्त्रीमा नियुक्त कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बू) को प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरिएको थियो । #केदार कार्कीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमतिकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको सरकारी जागीरसँगै कालिज पालनबागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले ६ वर्षदेखि कालिज पालन गर्दै आएका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ गाजामा भएको इजरायली हमलामा हालसम्म ४३ हजारको मृत्युएजेन्सी । गाजा सहरको पूर्वमा रहेको तुफाहमा भएको इजरायली हमलामा ४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । हमला बाट सेनाले काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्नकाठमाडौं । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज प्रधानमन्त्री ओली चीन भ्रमणमा जानेकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर तेस्रो साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ प्रधानमन्त्री ली कियाङले आगामी १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल…काठमाडौं । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपालधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने २ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ ३ मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन् ४ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ५ धनराज र ऋषिकेशमाथि अनुसन्धानमात्रै होइन, गल्ती भए दण्ड पनि हुन्छ: गगन थापा ६ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ७ तिहार अन्तर्गत यमपञ्चक शुरू, आज धनतेरस मनाइँदैThe Film Nepal