Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक


काठमाडौँ। कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ।

प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार, शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकले कोशी सरकारबारे समेत निर्णय लिनेछ।

कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ। संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य गरिरहेका छन्।

मंगलबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले कोशी प्रदेशमा गठबन्धनलाई सहयोग गर्न आग्रह गरेका थिए। कोशीमा सरकार गठनको लागि राप्रपाको सहयोग अनिवार्यजस्तै बनेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठकमा समितिका

म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट

मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

अर्घाखाँची । न्यानो कपडा अर्घाखाँचीको मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मालारानी गाउँपालिका वडा नम्वर

सिरहाको ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप

सिरहा । सिरहाको सिरहाको बिष्णुपुर स्थित ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । गौरीपुर १मा रहेको सो बिद्यालयका

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव

चितवन । भरतपुर भ्रमण वर्षका अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । आजदेखि १६ गतेसम्म पश्चिम चितवनको

बेलुन महोत्सवले पोखराको पर्यटनमा रौनक थपियो

पाेखरा । पर्यटकीय राजधानी पोखरामा शुरू भएको देशकै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । इस्वी

Techie IT