गृहपृष्ठ ∕
राजनीति ∕
इजरायलमा रहेका नेपालीबारे सरकारलाई कांग्रेसको चारबुँदे ध्यानाकर्षण इजरायलमा रहेका नेपालीबारे सरकारलाई कांग्रेसको चारबुँदे ध्यानाकर्षण
काठमाडौँ। नेपाली कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूका विषयमा शोक प्रस्ताव पारित गरेको छ।
नेपाली कांगेसको आज बसेको संसदीय दल बैठकले आक्रमणको भत्सर्ना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। कांग्रेसले हमासको आक्रमणमा परी घाइते भएकाहरूको उपचार तथा शीघ्र उद्धारसहित सरकारलाई चारबुँदे ध्यानाकर्षण गराएको छ।
‘आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउने। सम्पर्कमा नरहेका कंचनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्ने, इजरायलमा भएका नेपालीहरूको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखी आवश्यक आवास र भोजनको उचित व्यवस्था गर्ने,’ कांग्रेसको ध्यानाकर्षणमा भनिएको छ, ‘रोजगारी तथा अध्ययनका लागि इजरायल गएका नेपालीहरू इजरायलमा सुरक्षित रहने उपयुक्त व्यवस्था मिलाउने र स्वदेश फर्कन चाहनेहरूलाई अविलम्ब फर्काउने व्यवस्था मिलाउने।’
बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख