Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले सुदूरपश्चिम अधिवेशनः अध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता

एमाले सुदूरपश्चिम अधिवेशनः अध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता


धनगढी। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ। प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन्।

तिमिल्सिना, जैसी र साउद तीनै जना अछामका हुन्। सिंह भने कञ्चनपुरका हुन्।

तिमिल्सिनालाई प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायतको समर्थन रहेको छ। जैसीलाई पोलिटब्युरो सदस्य कर्ण थापा लगायतको समर्थन रहेको छ। मुख्य प्रतिस्पर्धा यी दुई बीचमा हुने बताईएको छ।

निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ।

निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

Techie IT