Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्रीलाई ओलीको व्यङ्ग्यः मानसरोवरमा डुबुल्की गर्दैमा पाप कट्दैन

प्रधानमन्त्रीलाई ओलीको व्यङ्ग्यः मानसरोवरमा डुबुल्की गर्दैमा पाप कट्दैन


कैलाली। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गेरुवस्त्र लगाएरमात्रै पाप नकट्ने भन्दै व्यङ्ग्य गरेका छन् आइतबार पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन उदघाटन गर्दै अध्यक्ष ओलीले यस्तो व्यङ्ग्य गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले मुलुकका सरकार छ भन्ने अनुभूति जनताले पाउन नसकेको बताए।

‘अहिले देशमा सरकार छ कि छैन? के दुई धाम गरेरमात्रै हुन्छ?’, ओलीले भने, ‘जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन।’

ओलीले सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्ड देश र जनतालाई आशा जगाउने बेलामा भ्रमणमा केन्द्रित भएको आरोप लगाए।

वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको ओलीको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

Techie IT