Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भेटवार्ता भएको हो।
भेटवार्तामा उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौला पनि सहभागी छन्।

शनिबार मात्रै चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री दाहालले आज बिहान प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई बोलाएका हुन्। अवैध सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति (जाँचबुझ आयोग) गठन गर्ने विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

एमालेले उच्चस्तरीय समिति गठनको मागसहित साउन महिनाभरि संसद् बैठक अवरुद्ध पारेपश्चात् आयोग गठनका लागि सहमत भए पनि आयोग गठन हुन सकेको छैन।

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। उक्त बैठकअगाडि प्रधानमन्त्री दाहालले छलफलमा बोलाएका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी

काठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

गैँडाको आक्रमण बाट १ जनाको मृत्यु

चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे

Techie IT