काठमाडौँ। नेकपा एमाले बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो।
पटक–पटक निर्वाचन कार्य तालिका फेरबदलपछि मध्यान्ह १२ बजेबाट मतदान सुरु भएको हो। अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन्।
त्यस्तै, सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन्। चितवन, सिन्धुपाल्चोक, काभ्रे, रसुवामा सर्वसम्मत भएको र ९ जिल्लामा आंशिक निर्विरोध भएको नेता शेरबहादुर तामाङले जानकारी दिए।
एक अध्यक्ष, उपाध्यक्ष १, सचिव १, २ उपसचिवसमेत ७५ जना सदस्यका लागि निर्वाचन हुन लागेको हो।