Techie IT
२०८१ फागुन १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिस्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डालाई छाड्न हस्ताक्षर गर्दैनथ्योः रवि लामिछाने

स्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डालाई छाड्न हस्ताक्षर गर्दैनथ्योः रवि लामिछाने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाएका छन्। बिहीबार बनेपामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका हुन्।

स्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने लामिछानेको भनाई छ।

‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र भनेर अर्को अपराधीको लाइन छ उहाँ। राजनीतिक दल नै पिच्छे लाइन छ। पख्नुस् न संविधान र गणतन्त्र दिवस आउँछ नि भनेर,’ उनले भने, ‘हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको मान्छेहरुको लिष्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् । त्यही सरकारमा लिएर जान्छन् र राष्ट्रपतिकहाँ चढाउँछन् त्यसैले तपाईंहरूले जति विरोध गर्नुस्।’

उनले आफूहरूले कुनै दलको नभइ १० वर्ष कुनै राजनीतिक दलमा नलागेको व्यक्तिलाई राष्ट्रपति बनाउने परिकल्पना गरेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिक

काठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

Techie IT