गृहपृष्ठ ∕
राजनीति ∕
धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन नदिन सचेत हुनुपर्नेमा माओवादी केन्द्रको जोड धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन नदिन सचेत हुनुपर्नेमा माओवादी केन्द्रको जोड
काठमाडौँ। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकबाट यस्तो निष्कर्ष निकालेको हो।
धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन नदिन सचेत हुनुपर्नेमा जोड दिइएको छ। देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बल्लिने गतिविधि देखिएका बारे बैठकमा छलफल गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
देशमा अराजकताको संकेत देखिएको भन्दै उनले त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए। उनले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको जानकारी गराए।
आन्दोलनरत राहत शिक्षकसँग संवाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल गरिएको उनले बताए। संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने बैठकको निष्कर्ष रहेको उनले सुनाए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख