Techie IT
२०८२ वैशाख १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेपाल मुस्लिम सङ्घको अध्यक्षमा मन्सुरी निर्वाचित

नेपाल मुस्लिम सङ्घको अध्यक्षमा मन्सुरी निर्वाचित


काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको केन्द्रीय अध्यक्ष पदमा अतावुल मन्सुरी निर्वाचित भएका छन् । सङ्घको गए राति काठमाडौँको राष्ट्रिय सभागृहमा सम्पन्न तेस्रो महाधिवेशनबाट मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्षमा मन्सुरसहित मोहम्मद निजामुद्दिनले मनोनयन दर्ता गराएका थिए । तर सहमतिका लागि जनाउँदै निजामुद्दिनले मन्सुरीलाई समर्थन गरेपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

उक्त महाधिवेशनले नौ उपाध्यक्ष, तीन महिला उपाध्यक्ष, दुई महासचिव, ११ सचिव, एक कोषाध्यक्ष, सहकोषाध्यक्ष एकसहित ५१ सदस्य हुने गरी निर्विरोध निर्वाचित गरेको नेता निजामुद्दिनले जानकारी दिए ।

विसं २०६५ मा स्थापना भएको सङ्घको हाल देशभर ४३ जिल्लामा शाखा रहेका छन् । तेस्रो महाधिवेशनका लागि देशभरबाट करिब चार सय प्रतिनिधिको सहभागिता रहेको थियो ।

आइतबार काठमाडौँको राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

Techie IT