Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिविवादपछि एकीकृत समाजवादीको अपानि फिर्ता

विवादपछि एकीकृत समाजवादीको अपानि फिर्ता


काठमाडौँ। पार्टीभित्र विवाद चर्किएपछि नेकपा एकीकृत समाजवादीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) फिर्ता भएको छ। अपानि जारी भएपछि पार्टीभित्र विवाद चुलिएपछि फिर्ता गरिएको हो।

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केही दिनअघि जारी गरिएको अपानि कार्यान्वयन नगर्ने बताए। ‘अपानि जारी गर्दा हतारमा गरियो। अब त्यसलाई सच्याएर पठाउनुपर्ने भएकाले यसअघि जारी भएको अपानि कार्यान्वयन हुँदैन,’ उनले भने।

उपमहासचिव खतिवडाले नयाँ अपानि सोमबार जारी गर्ने तयारी छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले गुटगत आधारमा नेताहरूको कार्यविभाजन गरेको, पक्षपातपूर्ण तरिकाले मनोनीत गरेको भन्दै अपानी जारी भएपछि सम्मानीत नेता झलनाथ खनाललगायतका नेताहरूले विरोध जनाएपछि अध्यक्ष नेपालले बाध्य भएर अपानि फिर्ता गरेका हुन्।

पार्टी केन्द्रीय कमिटी र सचिवालय बैठकको निर्णय भन्दै अपानि जारी भएको थियो। शनिबार बसेको सचिवालय बैठकले यसअघिको अपानि फिर्ता लिने निर्णय गरेको खतिवडाले बताए। अपानि जारी भएपछि केही नेताले जिम्मेवारी नलिने घोषणा गरे भने केहीले पार्टी नै छाडेको घोषणा गरेका थिए।

नेकपा एसको ५–७ भदौमा केन्द्रीय कमिटी बैठक बसेको थियो। त्यसपछि पटक–पटक सचिवालय बैठक बसेको थियो।

‘अस्ति जारी भएको अपानि फिर्ता भएको छ। अब परिमार्जन गरेर भोलिसम्म अर्को अपानी जारी हुनेछ। त्यही अपानिका आधारमा पार्टी गतिविधि र कार्य विभाजनलगायतका काम हुनेछन्, खतिवडाले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT