Techie IT
२०८२ वैशाख १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकारले टोपबहादुर रायमाझीलाई प्रतिशोध साँध्योः केपी ओली

सरकारले टोपबहादुर रायमाझीलाई प्रतिशोध साँध्योः केपी ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले टोपबहादुर रायमाझीलाई प्रतिशोध साँधेको बताएका छन्। प्राइम टाइम टेलिभिजनको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओली सो प्रतिक्रिया दिएका हुन्।

ओलीले शरणर्थी प्रकरणमा अदालतको फैसला आओस् भनेर आफूले केही नबोलेको प्रतिक्रिया दिएका छन्। अध्यक्ष ओलीले माओवादी पार्टी छाडेर एमालेमा लागेको प्रतिशोध रायमाझीमाथि प्रचण्ड र नारायणकाजी श्रेष्ठले लिएको बताए।

‘टोपबहादुर रायमाझीले हिजो पार्टी छाडेकाले प्रतिशोध लिन गरिएको हो। नत्र साढे ९ किलो सुन प्रकरणमा २५४ पटक फोन गर्नेलाई बयान समेत नलिने सरकारले फोटो खिचेको आधारमा थुन्ने?’, ओलीले भने, ‘सरकारको आलोचना गरेका कारण कांग्रेसको सांसद सुनिल शर्मालाई थुन्ने सरकारले क्वीन्टल सुन बोक्ने माओवादी नेताहरूलाई बयानसमेत लिएन।’

ओलीले अदालतमा मुद्दा दर्ता भएकाले पार्टीले सचिवबाट निलम्बन गरेर सफाइको लागि मौका दिएको भन्दै सरकार आफ्ना मान्छेलाई जतिसुकै अपराध र तस्करी गरे पनि जोगाउने र सरकारको विरोध गर्नेलाई फसाउने काममा खुलेआम लागेको बताए।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

छापा पत्रकारिता: सम्भावना र रणनीति

समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

Techie IT