Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच शनिबार ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।

चीनको साताव्यापी भ्रमणका लागि शनिबार हाङ्चाउ आइपुगेका प्रधानमन्त्री दाहालले चीनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्टरूपमा छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“वार्तामा दुवै नेताबीच क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । दुवै नेताबीच एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने विषयमा छलफल भएको छ”, प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ । नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश राष्ट्रपति सीले दिएको बताइएको छ ।

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलसँग सामूहिकरूपमा समेत गरी एक घण्टा लामो छलफल भएको थियो । शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा आपसी सम्मान, समर्थन तथा समान अस्तित्वका साथ अघि बढ्ने विषय छलफलमा उठेको जनाइएको छ । चीनका राष्ट्रपति सीले भूगोलका आधारमा ठूलो–सानो देशको कुनै भेदभावबिना समान र सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने बताएका थिए ।

प्रधानमन्त्री दाहालले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्नुहुँदै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्त्वपूर्ण रहेको बताए । उनले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको उल्लेख गर्दै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पारे ।

प्रधानमन्त्री दाहालले चीनले अघि सारेको ‘वेल्ट एण्ड रोड’ अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण गरे । चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्री दाहालले गरे ।

राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँगका यसअघिका भेटको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एसियाबाट पहिलो नेताका रूपमा चीनमा स्वागत गरेको स्मरण गरे । उनले यस किसिमका छलफलले दुई देशबीचका सम्बन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT