Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंघीयताको मर्मलाई आत्मसात् गर्दै शिक्षक आन्दोलनलाई सहमतिमा पुर्‍याउन लोसपाको आग्रह

संघीयताको मर्मलाई आत्मसात् गर्दै शिक्षक आन्दोलनलाई सहमतिमा पुर्‍याउन लोसपाको आग्रह


काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनलाई संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुग्न आग्रह गरेको छ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई गम्भीर भएर सहमतिमा पुग्न आग्रह गरेका छन्।

‘शिक्षक संगठनद्वारा अघि सारिएका मागहरुप्रति गम्भीर भई नेपाल सरकार यथाशीघ्र औपचारिक वार्ताद्वारा दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुगेर निकास दिनुपर्दछ’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा होमिएपछि सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको छ। लोसपाले यथाशीघ्र पठनरपाठन सुचारु हुने वातावरणका लागि आन्दोलनरत पक्ष र सरकार दुवै पक्षलाई आग्रह गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

Techie IT