Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेम्वाङको सम्झनामा आज एमालेको सातै प्रदेशमा गोष्ठी

नेम्वाङको सम्झनामा आज एमालेको सातै प्रदेशमा गोष्ठी


काठमाडौँ। नेकपा एमालेले आज दिवंगत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दैछ। ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

शीर्ष नेताहरूलाई विभिन्न प्रदेशमा प्रमुख वक्ताको रुपमा एमालेले खटाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय कार्यालयमा हुने गोष्ठीलाई सम्बोधन गर्नेछन्।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायत वक्ता हुनेछन्।

साथै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेश, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ कोशी तथा उपाध्यक्ष युवराज ज्ञवाली लुम्बिनी प्रदेशमा आयोजना हुने गोष्ठीमा सम्बोधन गर्न खटिएका छन्।

यस्तै गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेल तथा कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डेले प्रमुख वक्ताका रूपमा दिवंगत एमाले उपाध्यक्ष नेम्वाङले संविधान निर्माणमा गरेको योगदानका बारेमा चर्चा गर्ने एमालेले जनाएको छ।

नेम्वाङको अघिल्लो मंगलबार हृदयाघातका कारण निधन भएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी

काठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

गैँडाको आक्रमण बाट १ जनाको मृत्यु

चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे

Techie IT