गृहपृष्ठ ∕ राजनीति ∕ एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यद्वारा पार्टी परित्यागएकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग नेपालीपत्र शुक्रबार, २०८० भदौ २९ गते, १६:३० मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीमा असन्तुष्टि बढेको छ। पार्टीमा जिम्मेवारी र केन्द्रीयसदस्य मनोनयन गर्ने निर्णयसँगै पार्टीमा असन्तुष्टि बढेको हो।भदौ ५ देखि ७ गतेसम्म बसेको छैटौं केन्द्रीय समिति र भदौ १७ र १८ गते बसेको ६५ र ६६ औं सचिवालयको बैठकको निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादीले बिहीबार अन्तरपार्टी निर्देशन जारी गरेको थियो। त्यसमा केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजनसमेत उल्लेख छ।त्यसमै असन्तुष्टि जनाउँदै दुई केन्द्रीय सदस्यले पार्टी परित्यागको घोषणा गरेका हुन्। केन्द्रीय सदस्यद्वय राजु गुरूङ र सावित्री मल्लले पार्टी परित्याग गरेका हुन्।गुरुङ पार्टीका लुम्बिनी प्रदेश सचिव पनि हुन्। गत निर्वाचनमा रूपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका गुरुङको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। गुरुङले पार्टी परित्याग गरेर स्वतन्त्र रहन चाहेको बताएका छन्। #एकीकृत समाजवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियोकाठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकरएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशितएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइतेडोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको काठमाडौं उपत्यकामा वर्षाकाठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानीधेरै पढिएका खबर १ थापाको ‘आमा नभएको घर’ प्रकाशित २ रवि लामिछाने कारागार चलान ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयो ५ डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना घाइते ६ पशुपतिनाथ मन्दिर उत्तराखण्डमा भन्ने समाचारमा सत्यता छैनः पशुपति क्षेत्र विकास कोष ७ वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोधThe Film Nepal