गृहपृष्ठ ∕
राजनीति ∕
संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीयः पूर्वसभामुख सापकोटा संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीयः पूर्वसभामुख सापकोटा

फाइल फाेटाे
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् ।
आज शोक वक्तव्य जारी गर्दै उनले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गरे ।
नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिङ्गो राजनीतिक बृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताए ।
एमाले उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ
काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू
महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी
एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा