Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेम्वाङ लोकतान्त्रिक आन्दोलनका उदाहरणीय नेता: उपप्रधानमन्त्री श्रेष्ठ

नेम्वाङ लोकतान्त्रिक आन्दोलनका उदाहरणीय नेता: उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट सिङ्गो राष्ट्र शोकाकुल भएको बताएका छन् ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा उनले सञ्चारकर्मीसँग नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका एक उदाहरणीय नेताको निधनबाट हामी सबै शोकाकुल भएको प्रतिक्रिया दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “नेपालको राजनीतिक तथा लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकामा नेम्वाङलाई नेपाली जनताले पुस्तौँपुस्तासम्म स्मरण गरिरहनेछन् ।”

संविधानसभा अध्यक्ष नेम्वाङको निधनबाट नेपालको राजनीति, समाजलाई क्षति पुगेको उनले उल्लेख गरे । “उहाँ (नेम्वाङ) संविधानबाट संविधान घोषणा गर्ने कुशल नेतामात्र हुनुहुन्थेन, उहाँ संसदीय अभ्यासमा सिद्धहस्त लोकतान्त्रिक नेतासमेत हुनुहुन्थ्यो”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

संसद्मा कुनै विषय जटिल बन्यो भने सबैले नेम्वाङको खोजी गर्ने गरेको स्मरण गर्दै उनले भने, “नेम्वाङले त्यसलाई निकास निकाल्नुहुन्थ्यो ।”

अनुचित लेनदेन वा मिटरव्याजीसम्बन्धी विधेयक संसद्मा जटिल अवस्थामा पुगेकोे अवस्थामा त्यसलाई संसद्बाट पारित गरेर कानुन बनाउने दिशातर्फ निर्णायक भूमिका खेल्ने काम नेम्वाङबाट नै भएको उनले स्मरण गरे । नेम्वाङको भूमिकाबिना मिटरब्याजीसम्बन्धी कानुन पारित हुन सहज नभएको उनको भनाइ छ ।

उनी अत्यन्त मृदुभाषी, सरल र मिलनसार भएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेम्वाङका गुण सबैले अनुकरण गर्न योग्य रहेको बताए । उनले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

Techie IT