Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसांसदले डिएसपी र परिवारलाई मार्छु भन्दा पनि सरकारले नियन्त्रणमा लिन सकेनः ओली

सांसदले डिएसपी र परिवारलाई मार्छु भन्दा पनि सरकारले नियन्त्रणमा लिन सकेनः ओली


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य खगेनसिंह हाङगामले ताप्लेजुङका डिएसपीलाई परिवारसहित मार्छुभन्दा पनि सरकारले नियन्त्रणमा लिन नसकेको बताएका छन्।

सोमबार पार्टी कार्यालयमा तेजाब आक्रमणविरूद्धको दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा ओलीले सरकारले आतंकवादलाई प्रोत्साहित गरिरहेको ओलीले आरोप लगाए।

‘डिएसपीले असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानुनी क्रियाकलापमा साथ दिन्न भने, साथ दिन सक्दिनँ भनेका हुन्। उनले समाजमा शान्ति सुव्यवस्था, एकताको पक्षमा कुरा गरेका हुन्। त्यो कुरा सहन नसकेर तिमीलाई त मार्छौं नै, तिम्रा बालबच्चा, परिवार सबलाई पनि मार्छौं आदि इत्यादि भन्ने!,’ उनले भने, ‘यो आतंकवादबाहेक केही होइन, यो आतंककारी क्रियाकलापबाहेक केही होइन।’

सरकारले किटेरै सपरिवार मार्छु भन्दा पनि नियन्त्रणमा लिन नसक्नु कमजोरी भएको बताए। केही दिनअघि पक्राउ परेका नुवाकोटका श्यामबहादुर सापकोटाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्नुपूर्व खुकुरी हान्छु भन्दै हिँडेको बताए।

‘यहाँ खुकुरी हान्ने मानिसले त माइतीघर मण्डलमा खुकुरी हान्छु भनेकै थियो त! दुई–चार दिन, कति दिन अगाडि नै, खुकुरी हान्छु भनेको थियो। लात्ती हान्छु भनेर यति माथि खुट्टा उचालेकै थियो, अनेक गरेको थियो त उसले,’ उनले भने, ‘मानिसहरूको नाम लिएको थियो, मान्छेको नाम लिएर काट्छु भन्दाखेरि सरकार कानमा तेल हालेर बसेको थियो।’

एमालेले सोमबार तेजाब आक्रमणविरूद्धको दिवसका अवसरमा पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा तेजाब आक्रमणमा परेकाहरू पनि सहभागी थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

Techie IT