Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिचीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ – प्रधानमन्त्री

चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ – प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारेमा जानकारी गराउँदै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्वपरराष्ट्रमन्त्रीलगायतका राजनीतिक नेताहरू थिए । छलफलमा नेताहरूले छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको, दुवै देशले एकअर्काको सुरक्षालगायत दुईपक्षीय चासोका विषयमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्नेलगायतका विषयमा ध्यान दिनुपर्ने सुझाव राखेका थिए ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो । यहाँ तपाईंले जुन सुझाव दिनुभएको छ । प्राप्त सुझाव महत्वपूर्ण छन् । यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमण फलदायी र प्रभावकारी हुन्छ ।”

सरकारले दुवै छिमेकीका साथै विश्वसमुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्ट्याउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए । संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपालले खेलिरहेको भूमिकाबारे लगायतका विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपिल गर्ने प्रधानमन्त्रीले जानकारी दिए ।

कूटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसङ्घको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको बताउँदै भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने जानकारी दिए ।

छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी थिए ।

यस्तै, परराष्ट्रमन्त्री एनपी साउद, नेताहरू महन्थ ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, डा विमला पौडेल राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याललगायत सहभागी थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT