Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसहमहामन्त्री यादवमाथि भएको हमलाको सत्य तथ्य छानबिन गर्न कांग्रेसको माग

सहमहामन्त्री यादवमाथि भएको हमलाको सत्य तथ्य छानबिन गर्न कांग्रेसको माग


काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको हमलाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन्।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै यो विषयको गहिरो अनुसन्धान गर्न माग गरे।
उनले भने, ‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु के अब हामी काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो? कोही जलाइदिन्छु भन्छ कोही धम्की दिन्छ। हामी एक्लै हिँड्न हुने हो कि होइन। म प्रधानमन्त्रीले ठाउँ ठाउँमा बोलेको पनि सुनिरहेको छु यसलाई छाडिनेछैन भनेर जिम्मा लिनेले बोल्ने होइन काम गर्ने हो। हामीले परिणाम हेर्न चाहन्छौँ।’

पूर्व मन्त्रीमाथि भएको आक्रमणबारे प्रधानमन्त्री र गृहमन्त्री बोल्नुपर्ने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

Techie IT