Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि मतदान सुरु

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि मतदान सुरु


बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि आज बिहानबाट मतदान सुरु भएको छ । सोमबार रातीसम्मै सहमतिको लागि नेताहरूले गरेको प्रयास सफल हुन नसकेपछि मङ्गलवार बिहानदेखि मतदान सुरु भएको हो ।

आइतबार साँझ प्रदेश कमिटी अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गरे पनि सोमबार दिनभरि नै सहमतिका लागि नेताहरूबिच अन्तिम कसरत भएको थियो । प्रमुख निर्वाचन अधिकृत हरि भण्डारीले सोमबार राती ८ बजेदेखि मतदान हुने भनिए पनि रातीको समय भएकोले आज बिहानदेखि मतदान गर्ने तयारी गरिएको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको नयाँ नेतृत्व सर्वसम्मत बनाउन निर्देशन दिए पनि दुई पक्षबीच कुरा नमिल्दा निर्वाचन हुने भएको हो । अध्यक्षमा आइतबार साँझ नै पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालले उम्मेदवारी दिएका थिए । अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि लुम्बिनी प्रदेशमा स्पष्ट रुपमा दुई गुट देखिएको छ ।

अध्यक्षका प्रत्याशी द्वय निवर्तमान लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई एमाले उपाध्यक्ष विष्णु पौडेलको साथ छ भने एमाले केन्द्रीय सदस्य रिजाललाई एमाले महासचिव शङ्कर पोखरेलको साथ छ ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ । यसैबिच लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

Techie IT