Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘जनतासँग माओवादी’ अभियान भोलिबाट

‘जनतासँग माओवादी’ अभियान भोलिबाट


 

काठमाडौँ। प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी तीन महिने अभियान’ भोलिबाट सुरु हुँदैछ। अभियानको तयारी पूरा भएको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिए।

पार्टी कार्यालय पेरिसडाँडा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रवक्ता सापकोटाले अभियानको सुरुवात सभालाई सम्बोधन गर्न पार्टी पदाधिकारीहरू कहाँ–कहाँ जाने भन्ने पनि टुंगो लागिसकेको जानकारी दिए।

तोकिएको जिम्मेवारी अनुरुप नेताहरू आ–आफ्नो कार्यक्षेत्रका पुगिसकेको जानकारी पत्रकार सम्मेलनमा प्रवक्ता सापाकोटाले दिए।

प्रवक्ता सापकोटाका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल चन्द्रागिरी–२ स्थित घट्टेडाँडा पार्कमा आयोजित सभालाई सम्बोधन गर्नेछन्।

वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२ मा आयोजित सभालाई सम्बोधन गर्न पुग्नेछन्।

यस्तै, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङमा आयोजित सभालाई सम्बोधन गर्न जाने तय भएको सापकोटाले बताए।

कार्यबिभाजन




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

Techie IT