Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसमाजवादी मोर्चालाई सडकमा लिएर जाने तयारीमा थाल्न प्रचण्डको आग्रह

समाजवादी मोर्चालाई सडकमा लिएर जाने तयारीमा थाल्न प्रचण्डको आग्रह


बुटवल। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई सडकमा लिएर जाने तयारीमा थाल्न आग्रह गरेका छन्। मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले विशाल शक्ति निर्माणका लागि मोर्चालाई सडकमा लगेर ठूलो जनमत तयार पारिने उल्लेख गरे। उनले लडाई सुरु भैसकेको बताउँदै मोर्चालाई कमजोर नठान्न चेतावनी समेत दिएका छन्। मोर्चालाई हर हालतमा बदनाम गर्ने, फुटाउने कमजोर बनाउने षड्यन्त्र भैरहेको बताउँदै उनले पूर्व माओवादीहरुलाई एक हुन आह्वान समेत गरे। मोर्चा घोषणाले मात्रै नपुग्ने बताउँदै उनले परिवर्तनलाई उल्ट्याउने दुस्साहस भैरहेको उल्लेख गरे।

‘हामीमाथि मुद्दा हाल्ने कोसिस भयो, सरकारमा गएको बेला मलाई नै २ वटा मुद्दा लगाउने काम भयो।’ प्रचण्डले भने, ‘हामी एकतावद्ध भएनौ भने स्थिती बडो गम्भीर आउन सक्छ।’

समाजवादी मोर्चामा माओवादी आन्दोलनका सबै शक्तिहरु एक ठाउँमा आउने विश्वास व्यक्त गर्दै उनले ती शक्तिहरु एक ठाउँमा नआई सुख नहुने उल्लेख गरे। समाजवादी मोर्चामा हाल आवद्ध राजनीतिक शक्तिहरु केही सानो देखिएको स्वीकार गर्दै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेतर्फ इंगीत गर्दै कमजोर नठान्न आग्रह गरे।

मुलुकमा निषेध राजनीति निषेध भएर एउटा नयाँ सम्वादको सुरु भएको उल्लेख गर्दै उनले जनयुद्धका रुपमा भएका प्रयोग, जनताको बहुदलीय जनवादका रुपमा भएका प्रयोग तथा अन्य प्रयोगहरुलाई एकीकृत गरि नयाँ क्रान्तीको तयारीमा रहेको उल्लेख गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT