काठमाडौँ। नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री, बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भदौं २४, २५ र २६ गते बीपी स्मृतिभवन सानेपामा कार्यक्रम आयोजना गर्ने तय भएको जानकारी दिए। कार्यक्रम तीन दिनसम्म चल्ने उनले बताए।
कविता, गजल, साङ्गीतिक, चित्रकला, वृत्तचित्र, ऐतिहासिक फोटो प्रदर्शनीलगायतको ९ सत्रमा कार्यक्रम हुनेछ।