Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रतिनिधि सभा अन्तर्गतका १० मध्य ९ समिति सभापतिमा एकल उम्मेदवारी

प्रतिनिधि सभा अन्तर्गतका १० मध्य ९ समिति सभापतिमा एकल उम्मेदवारी


काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ। १० मध्य ९ समिति सभापतिमा एकल उम्मेदवारी परेको छ।

समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीका सांसदहरूले उम्मेदवारी दर्ता गराएको संघीय संसद् सचिवालयले जनाएको छ।

दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उम्मेदवारी दिएका छन्। समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएका छन्।

अर्थ समिति सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा जनता समाजवादीका राजकिशोर यादवले उम्मेदवारी दिएका छन्।

कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समिति सभापतिमा एमालेका किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडाको उम्मेदवारी परेको छ।

यस्तै पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समिति सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो। ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

Techie IT