Techie IT
२०८१ फागुन ९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रचण्डद्वारा आइसिटी फोरमको उद्घाटन

प्रचण्डद्वारा आइसिटी फोरमको उद्घाटन


काठमाडौँ। नेकपा माओवादी केन्द्रले आइसिटी फोरम गठन गरेको छ। आज पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन्।

पछिल्लो समय त्याग सर्मपण भन्दा पनि हल्ला कै भरमा संगठन बनाउने ट्रेन देखिएको हुँदा, तेस्तो तरिकालाई क्रस गर्ने गरी सकारात्मक काम मार्फत पार्टीलाई जनतामा स्थापित गर्न संगठन गठन गरिएको प्रधानमन्त्री दाहालले बताए।

प्रधानमन्त्री दाहालले भने, ‘अहिलेको युग सूचना प्रविधिको युगको रुपमा स्थापित भएको छ। यसको महत्त्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ। विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्त्व दिएका राजनीतिक दल सफल हुने नदिए असफल हुने देखिएको छ। त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनसार आइसिटी फोरमको गठन गर्ने निर्णय गरिएको छ। यसको संगठन ग्रास रुटसम्म यसको संगठन बिस्तार हुन्छ, समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी यस संगठनले पार्टीका नीति विचार र कालाई प्रचार गर्नेछ। यसले पार्टीको प्रचार संयन्त्रको रुपमा काम गर्छ। आइसिटि फोरमले हल्ला कै भरमा संगठन बनाउने ट्रेन तरिकालाई क्रस गर्दै विचार सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ।’

पार्टीको तीन महिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोग कति गर्छौ? त्यसमा भर पर्ने बताउँदै दाहालले सोही अनुरुप काम गर्न नवगठित आइसिटि फोरमलाई निर्देशन दिए।

आसिटीको महत्वलाई बुझेर पार्टीले जुन किसिमको महत्त्व दिएको छ त्यही अनुरुप काम गर्न उनले आग्रह गरे।

कार्यक्रमको संयोजन माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्यले गरेका थिए। उनले अहिले आइसिटि फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने जानकारी दिए।

कार्यक्रममा प्रधानन्त्री दाहालका साथै उपाध्यक्ष एंव प्रवक्ता अग्नि सापकोटा, जवसका इन्चार्ज पम्फा भूसाल, सूचना तथा संचार मन्त्री रेखा शर्मालागायतको उपस्थिति थियो।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT