काठमाडौँ। सुन तस्करीका सबै घटनाको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्न सहमति जुटेको छ। संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको हो।
बुधबार बिहान प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए।
सहमति अनुसार सरकार सुन तस्करीको छानबिन गर्नका लागि समिति गठन गर्नका लागि तयार भएको छ। त्यसको कार्यविधि र कार्यक्षेत्र लगायतका विषयमा मस्यौदा तयार गर्नका लागि कार्यदल पनि गठन गरिएको छ।
उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले साउन १० देखि संसद बैठक अवरुद्ध गर्दै आएको छ।
सहमतिसँगै आज ३ बजे संसद बैठक बस्दैछ।