Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिशीर्ष नेताको बैठक बस्न नसकेपछि संसद बैठक पनि स्थगित

शीर्ष नेताको बैठक बस्न नसकेपछि संसद बैठक पनि स्थगित


काठमाडौँ। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक भोलि बुधबार बस्ने भएको छ।

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन र संसद्को अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो तीन दलका शीर्ष नेताहरू बसेर टुंग्याउने तयारी थियो। तर आज बस्ने भनिएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बैठक नै नबसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए। ‘बैठक नै बसेन, ओली जी आउन सक्नु भएन अस्वस्थताको कारणले र छलफल पनि बाँकी भयो,’ उनले भने।

तर नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भने प्रधानन्यायाधीशको शपथ पनि रहेको र ओली बिरामी भएकाले आज बैठकमा नआएकाले भोलि शीर्ष नेताको बैठक बस्ने जानकारी दिए।

मंगलबार समय अभावका कारण शीर्ष नेताहरूको बैठक नबस्ने अवस्था बनेको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। ‘शीर्ष नेताहरूको बैठक बसेर उच्चस्तरीय छानविन आयोगको मस्यौदा तयार गर्ने र संसद्को अवरोध अन्त्य गर्ने भन्ने तयारी थियो। तर अहिले साढे चार बजे नवनियुक्त प्रधानन्यायधीशको शपथ ग्रहणको कार्यक्रम भएकाले शीर्ष नेताहरूको बैठक बस्ने समय पुगेन,’ उनले भने, ‘अब बुधबार विहान ११ बजे त्यसबारे शीर्ष नेताहरूको बैठकमा छलफल गरेर टुंगोमा पुग्ने तयारी छ।’

उच्चस्तरीय आयोग गठनको विषयमा दलहरूबीच सहमति नभएपछि प्रतिनिधिसभा बैठकपछि सरेको छ। मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिभसा बैठक बुधवार दिउँसो तीन बजेका लागि सरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT