Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान

राप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन्।

राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस) को कार्यक्रमका लागि अध्यक्ष लिङ्देन साउदी अरब गएका हुन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार साउदी अरब र युएईमा पानसको कार्यक्रम छ। यी कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन मंगलबार त्यसतर्फ प्रस्थान गरेको श्रेष्ठले बताए।

अध्यक्ष लिङ्देन साउदी अरबमा रहँदा जेद्दा, दमाम र रियादलगायत ठाउँमा नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ।

साथै राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने र प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा सहभागी हुने उनले बताए।

अध्यक्ष लिङ्देन युएईको दुबईमा पनि विभिन्न नेपाली संघसंस्था र नेपाली समुदायसँग भेटघाट गर्नेछन्।

राजदूतावासका अधिकारीहरूसँग छलफल गर्ने, नेपाली श्रमिकको अवस्थाबारे अवलोकन गर्ने र प्रवासी नेपाली समाज युएईद्वारा आयोजित अधिवेशन घोषणा सभामा सहभागी हुने कार्यक्रम छ।

लिङ्देनसँगै राप्रपा केन्द्रीय सदस्य आनन्द अधिकारी पनि साउदी प्रस्थान गरेका हुन्। अध्यक्ष लिङ्देन भदौ १२ गते स्वदेश फर्कने उनले बताए।

यसैबीच अध्यक्ष लिङ्देनले राप्रपा कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

Techie IT