Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशी प्रदेश उपसभामुख काठमाडौँ लागेपछि प्रदेशसभा बैठक अनिश्चित, संकटमा सरकार

कोशी प्रदेश उपसभामुख काठमाडौँ लागेपछि प्रदेशसभा बैठक अनिश्चित, संकटमा सरकार


विराटनर । उपसभामुख सिर्जना दनुवार स्वास्थ्यमा समस्या आएको भन्दै काठमाडौँ हिँडेपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । सभा बैठकबारे निर्णय गर्न सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक १ बजे बस्ने गरी बोलाइएको छ । बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी छन् ।

सभामुख र उपसभामुख नभएको अवस्थामा अध्यक्ष मण्डलका सदस्यले बैठक सञ्चालन गर्नुपर्छ । प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ ।

दनुवारले आफ्नो अनुपस्थितिमा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन २०७५)को नियम ११ को उपनियम (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न यस अघि नै सभामुखबाट मनोनीत चार जना सदस्यमध्ये नेपाली कांग्रेसका इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी छन् ।

प्रदेशसभा सदस्यको अंक गणितका कारण उपसभामुखले सभा सञ्चालन नगरेको अवस्थामा अध्यक्ष मण्डलमा रहेका एमाले या राप्रपाका प्रदेशसभा सदस्यहरूले सभा सञ्चालन गरे मात्रै थापाले विश्वासको मत प्राप्त गर्नेछन् ।

सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थापासँग ४७ सदस्य छन् । ४७ मध्ये अध्यक्ष मण्डलमा रहेका कसैले सभा सञ्चालन गर्नुपरे उनलाई ४६ जनाले मात्रै विश्वासको मत दिन पाउने छन् । उनको विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन् ।

संविधानको धारा १६८ को २ अनुसार गत साउन १६ गते सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत नपाए सोही धाराको उपधारा ३ अनुसार ठूलो दल एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT