Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेले संसद् अवरुद्ध गरेर सरकार बाहिर बस्नै नसक्ने मानसिकता राख्योः अर्थमन्त्री

एमालेले संसद् अवरुद्ध गरेर सरकार बाहिर बस्नै नसक्ने मानसिकता राख्योः अर्थमन्त्री


काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गरेर सरकार बाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गरेका छन्। बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले यस्तो बताएका हुन्।

नेपाली कांग्रेस प्रवक्ता समेत रहेका अर्थमन्त्री महतले यस्तो समय–समयमा अनावश्यक बहानामा संसद् अवरुद्ध गर्दै सरकार बाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको बताए।

उनले संसद् भनेको समसामयिक विषयमा सहन रूपमा छलफल गर्ने, ऐन कानुनहरू बनाउने थलो भएपनि त्यस्तो बन्न एमालेले नदिएको बताए। सरकारले संघीयताको मर्मअनुसार ऐन कानुनहरू बनाउने संसद्‌मा विधेयक प्रस्ताव गर्ने तयारीमा भएपनि एमालेले संसद् अवरुद्ध गर्दा नसकिएको उनको भनाइ छ।

सहज रूपमा सरकार बन्ने बनाउने कुरा संसद्को सर्वाधिकार भएको भन्दै सांसदहरूले जसलाई बहुमत दिएर सरकार बनाउँछ त्यसलाई सहज रूपमा स्वीकार गर्नु एमालेले सक्नुपर्ने बताए। सरकारमा नहुने बित्तिकै संसद्लाई असहज बनाउने मानसिकता राख्न नहुने उनको भनाइ थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

Techie IT