Techie IT
२०८१ फागुन ५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगठबन्धनमा कुनै समस्या छैनः प्रधानमन्त्री

गठबन्धनमा कुनै समस्या छैनः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा गएपछि माओवादी र जनताबीचको सम्बन्ध चिसिँदै गएको बताएका छन्। रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारमा गएपछि जनता र पार्टीबीच दूरी बढेको बताएका हुन्।

‘हिजो हामी सामन्तवाद निरंकुशविरुद्ध बन्दुक बोकेर लडाइँमा थियौं। त्यसबेला माओवादी र जनताको सम्बन्ध पानी र माछाको सम्बन्ध जस्तै थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘विगतमा हामीले गरेका त्यस्तो सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागेका छौं।’

प्रधानमन्त्री दाहालले ‘शान्ति सहकार्य र एकता’को सन्देशसहित मुलुकलाई नयाँ युगतिर लैजान आवश्यक रहेको बताए। ‘हामी देशमा आमूल परिवर्तन ल्याऔं भनेर सैद्धान्तिक रूपमा भन्न त भन्छौं तर व्यवहारमा जनताको दैनिकीमा परिवर्तन ल्याउन सकिरहेका छैनौं। कहीँ न कहीँ अल्मलिएका छौं,’ प्रधानमन्त्री दाहालले भने।

मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्य गर्न आफ्नो नेतृत्वको सरकार लागिरहेको पनि प्रधानमन्त्रीको दाबी छ। सरकार मुलुकमा भ्रष्टाचार अन्त्य गरी सुशासन र विकासका लागि अघि बढिरहेको भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको उनले बताए। ‘सुशासन, सामाजिक न्याय र समृद्धिका कुरामा हामी एकताबद्ध छौं,’ उनले भने, ‘प्रतिक्रियावादीहरूले चलाएको बाहिरी हल्लाको पछि नलाग्न म तपाईंहरूलाई आग्रह गर्दछु।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT