Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबालुवाटारमा संसद् खोल्ने सहमति भयो, बानेश्वर पुग्दा कसरी भङ्ग भयो ?

बालुवाटारमा संसद् खोल्ने सहमति भयो, बानेश्वर पुग्दा कसरी भङ्ग भयो ?


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरूका बीचमा जेजस्ता सुकै विमति रहेका भए पनि तिनमा छलफल गरी निकास निकाल्नका लागि पनि संसद् अवरुद्ध हुन नहुने बताएका छन् ।

मंगलबार बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, “देशमा बाढी पहिरोको मौसम छ र जनतालाई राहत आदिका कुरा छन्, संसद्मा लैजान ठिक्क पारिएका महत्वपूर्ण विधेयक छन्, अरु विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने छ तर संसद् अवरुद्ध गरेर कसरी हुन्छ ? जे सुकै होस् संसद् खुल्नुपर्छ र त्यहीँबाट जनताका प्रतिनिधिले जनताका आवाज मुखरित गर्नुपर्छ ।”

संसद् खुलाउनकै लागि आफू र सबै सत्तारुढ दलले प्रतिपक्षी दलसँग सहमति र सम्झौतासमेत गरेको तर बानेश्वर पुग्दा त्यो कसरी भङ्ग भयो भनेर आफू छक्क परेको उनले सुनाए ।

संसारमा अन्यत्र कतै नभएको सत्तारूढ दलहरू प्रमुख विपक्षी दललाई संसदीय समितिमा तीन जना सभापति दिन सहमति भई त्यो दिएर संसद् खुलाउनकै लागि बालुवाटारमा सहमति गरेको खुलासा गर्दै उहाँले तर त्यो सहमति बालुवाटारमा पुगेर किन र कसरी भङ्ग भयो भन्ने बारेमा आफू जानकार हुन नसकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले विगतमा पनि लामो समय यसैगरी संसद् अवरुद्ध भएको प्रसङ्ग उल्लेख गर्दै यसबाट कसैलाई फाइदा नपुग्ने र यस्ता क्रियाकलापले बरु संसदीय व्यवस्थामाथि नै प्रश्न उठाउने अवस्था ल्याउन सक्ने आशङ्का गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० प्रति लक्षित गर्दै उनले भने, “यो उहाँहरूको कतै विगतको जस्तै संसद् विघटन गर्ने निरन्तरता त होइन ?”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

Techie IT