Techie IT
२०८१ पुस २६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रपति र सभामुखबीच भेटवार्ता हुँदै

राष्ट्रपति र सभामुखबीच भेटवार्ता हुँदै


काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दैछन् ।

बिहान ९ बजे राष्ट्रपतिले भेटका लागि बोलाभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले सदनको अवरोध हटाउन पहलस्वरुप सभामुखसँग छलफल गर्न लागेको बताइएको छ ।

राष्ट्रपति पौडेलले हिजो बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए ।

भेटमा संसदमा भएको अवरोधको बारेमा राष्ट्रपतिले चासो राख्नुभएको थियो । एमालेको अवरोधका कारण लामो समयदेखि संसद चलेको छैन ।

गत साउन २ गते पक्राउ परेको एक क्वीन्टल सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको माग छ । सरकार भने छानबिन समिति नबनाउने अडानमा छ । दुवैको अडानका कारण संसद चल्न सकेको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शीतलहरले जनजीवन प्रभावित

जलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

एजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका

अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने

काठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्ध

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित

Techie IT