Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकारको भ्रष्टाचारविरोधी अभियानका कारण तस्करहरू अत्तालिएका छन्ः प्रधानमन्त्री प्रचण्ड

सरकारको भ्रष्टाचारविरोधी अभियानका कारण तस्करहरू अत्तालिएका छन्ः प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरू अत्तालिएको बताएका छन्।

क्याबिनेट मन्त्रीहरूसँग बिहीबार आर्थिक वर्ष २०८०/८१ को लागि कार्यसम्पादन सम्झौताका क्रममा उनले सरकारको काम प्रभावकारी भैरहेको बताए। ‘सरकार भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरु अत्तालिएका छन्। सरकारले अझै भ्रष्टाचारविरोधी कदम चालोस् भन्ने पक्षमा जनता छन्,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

प्रधानमन्त्री प्रचण्डले दोषी नछुटुन र निर्दोष नपरुन् भन्ने पक्षमा सरकार रहेको पनि बताए। साथै, उनले यही सरकार, कर्मचारीतन्त्र र यीनै संरचनाबाट परिवर्तन सम्भव छ भन्ने संकल्प लिनुपर्ने मन्त्रीहरूलाई बताए।

नेपालको कर्मचारीतन्त्रले तदर्थवादी शैलीले काम गर्ने यो परिवर्तनको वेगलाई आत्मसात गर्छ भन्ने पुष्टि गर्नुपर्ने पनि उनले बताए। ‘सरकारले केही गर्न सक्दैन भन्ने जननिराशा र ‘यस्तै हो, यस्तैं चल्छ’ भन्ने मानसिकता र कार्यशैलीको बोझ बोकेर हामी हिँड्ने कि ‘परिवर्तन सम्भव छ, यही सरकार, यही कर्मचारीतन्त्र र यिनै संरचनाबाट परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरेर देखाउने’, उनले प्रश्न गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

Techie IT