Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘र्‍याट’ सञ्चालन स्थानीय सरोकारवाला निकायसँग समन्वय र अनुमतिमा मात्र गर्नूः रास्वपा

‘र्‍याट’ सञ्चालन स्थानीय सरोकारवाला निकायसँग समन्वय र अनुमतिमा मात्र गर्नूः रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पंक्तिलाई नागरिकका समस्या समाधान र सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवालासँग समन्वय र अनुमति लिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ।

नारायणगढ–मुग्लिन सडक खण्डमा परिचालन गरेको स्वयंसेवक टीम (आरएटी) हटाउन चितवनका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक सूचनामार्फत ध्यानाकर्षण गराएलगत्तै रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललले निर्देशन जारी गरेका हुन्।

रास्वपाले हिजोदेखि ५० जनाको टोली सडक खण्ड व्यवस्थापन गर्न भन्दै खटाएको थियो। रास्वपा महामन्त्री तथा प्रवक्ता ढकालले सूचना जारी गर्दै जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरूलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका विशुद्ध समाज हितका हेतुले टीम बनाएको प्रष्टिकरणसमेत दिएका छन्।

‘अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र र्‍याट’ जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ। अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनु अघि स्थानीय निकाय र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार र्‍याट, पार्टी पंक्ति तथा सम्बन्धित सबैमा सूचित गराइएको जानकारी गराइन्छ,’ प्रवक्ता ढकालले सूचनामा उल्लेख गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT