गृहपृष्ठ ∕ राजनीति ∕ आफूहरुविरुद्ध घेराबन्दी भइरहेको छः प्रचण्डआफूहरुविरुद्ध घेराबन्दी भइरहेको छः प्रचण्ड नेपालीपत्र आईतबार, २०८० साउन २१ गते, १५:५७ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुविरुद्ध घेराबन्दी भइरहेको बताएका छन्। बुधबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले आज पनि लिडरसिप र पार्टीमाथि घेरावन्दी भएको र जेल हाल्ने कुरा गरेका हुन्।नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताए। ‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो। हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ,’ उनले भने।बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने दाबी गरे। माओवादी केन्द्रले आउँदो भदौ १६ गतेदेखि जनतासँग ‘माओवादी विशेष रुपान्तरण अभियान’ चलाउने भएको छ। काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आइतबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको विशेष अभियानबारे जानकारी घोषणा गरेका हुन्। उनले भदौ १५ गतेसम्म तयारी गरेर १६ गते देशभर एकैसाथ यो अभियान चलाउन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले अभियानका लागि सबै वडामा एउटा घर पनि नछोडी जानका लागि केन्द्रीय सदस्यहरुसँग आग्रह गरे। #प्रचण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन: गृहमन्त्री लेखककाठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बितकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् । लामिछाने पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरूपाेखरा । पर्यटकीय नगरी पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरू भएको छ । पर्यटन क्षेत्रलाई कोरोना महामारीअघिको अवस्थामा फर्काउन सक्रिय ट्रक दुर्घटनामा २ जनाको मृत्युतनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज (मंगलबार) बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको वाइडबडी खरिदमा नेपालका अधिकारीहरूलाई घुस दिएको ठहर भए पछि अमेरिकी…काठमाडौं । अमेरिकाले नेपाल बायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँएजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।धेरै पढिएका खबर १ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ २ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल ५ समाजवादी गणतन्त्रले जनताका चाहनालाई सम्बोधन गर्छः वर्षमान पुन ६ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal