Techie IT
२०८१ फागुन ८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रद्वारा पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर

माओवादी केन्द्रद्वारा पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर


काठमाडौँ। नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। आज आइतबार सकिने केन्द्रीय समिति बैठक अगाडी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन टुंग्गो लगाएको हो।

बैठकले अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ। उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ। अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ। यसैगरी पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ।

बैठकले बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव जनार्दन शर्मालाई दिएका छन्। अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ।

मधेश प्रदेशका इन्चार्जमा सचिव देवेन्द्र पौडेल, सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT