Techie IT
२०८१ फागुन ५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसुन तस्करी प्रकरणको अनुसन्धानका लागि शक्तिशाली जाँचबुझ आयोग आवश्यकः रवि लामिछाने

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि शक्तिशाली जाँचबुझ आयोग आवश्यकः रवि लामिछाने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा शक्तिशाली जाँचबुझ आयोग गठन गर्न आवश्यक देखिएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानले सुन प्रकरणमा जाँचबुझ आयोग ऐन अनुसार शक्तिशाली आयोग बनाउन आवश्यक देखिएको बताएका हुन्। उनले सुन प्रकरणमा संगठीत अपराध,अन्तरदेशीय अपराध समेत देखिएकाले पनि शक्तिशाली आयोग गठन गर्नुपर्ने जिकिर गरे । सुन प्रकरणजस्तो ठूलो अपराधमा राज्य व्यवस्था समितिले नजरअन्दाज गर्दा प्रमाण लुक्ने, संदिग्ध भाग्ने सम्भावना दिएको हो की भन्ने आशंका पैदा भएको उनले बताए।

साउन ३ गते विमानस्थलबाट भन्सार चेकजाँच पास भइ बाहिरिएको एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। सो सुनको अनुसन्धान हाल राजश्व अनुसन्धान विभागले गरिरहेको भएपनि थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ।

सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT