Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसुन तस्करी प्रकरणमा अर्को समिति बनाउँदा अनुसन्धान प्रभावित हुनसक्छः सरकारका प्रवक्ता शर्मा

सुन तस्करी प्रकरणमा अर्को समिति बनाउँदा अनुसन्धान प्रभावित हुनसक्छः सरकारका प्रवक्ता शर्मा


काठमाडौँ। सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनाउने स्पष्ट पारेकी छिन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानविन समिति माग गर्दै संसद अवरोध गरिरहेका बेला सरकारले त्यसबाट अनुसन्धान प्रभावित हुनसक्ने भन्दै अर्को समिति नबनाउने प्रस्ट पारेकी हुन्।

प्रवक्ता पाण्डेले सरकारको शक्तिशाली विभागले अनुसन्धान प्रक्रिया अगाडि बढाएको भन्दै आशंका गर्ने कुनै ठाउँ नरहेको बताइन्। उनले सरकार सुन तस्करी प्रकरणको रुटकजमा पुग्न लागेको भन्दै अर्को समितिको नाममा अनुसन्धान प्रभावित नपार्न आग्रह गरिन्।

ुसरकार दृढतापूर्वक नलागेको भए सम्भवतः यो सुन पनि समातिने थिएन। राजस्व विभाग सरकारको सबैभन्दा शक्तिशाली विभाग हो। त्यो विभागले आफ्नो काम र प्रक्रियाहरू अगाडि बढाइरहेका बेलामा थप अनुसन्धान गर्न समिति बनाउने, विषयवस्तुलाई डाइभर्ट गर्ने कुराले अनुसन्धान प्रक्रियालाई प्रभावित पार्छ भन्ने हामीलाई लागेको छ,ु सिहंदरवारमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्।

उनले सुन तस्करीको रुट कजमा पुग्ने कमिटमेन्ट सरकारले गरेको भन्दै कुनै आशंका नगर्न आग्रह गरिन्। ‘सरकारले जे गर्दैछ त्यसको रुट कजमा पुग्ने कोसिस गर्दैछ। छानविन प्रभावकारी ढंगले अगाडि बढिरहेको पनि छ। हुन्न कि हुन्छ कि प्रभावकारी हुँदैन कि भन्ने जुन आशंका छ, ती आशंका चीर्न कुरेर हेर्नैपर्छ,’ उनले भनिन्।

सरकारको अनुसन्धानप्रति आशंका लागे पछि समिति बनाउन सकिने उनको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT