काठमाडौँ। नेकपा माओवादी केन्द्रले वडालाई आधार बनाएर तीन महिने अभियान चलाउने भएको छ। बुधबारबाट सुरु भएको माओवादीको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले त्यस्तो प्रस्ताव गरेका हुन्।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आफनो राजनीतिक पस्ताव गरेका हुन्। ‘वडालाई आधार बनाएर ३ महिने अभियान चलाउने,’ प्रचण्डले पार्टी केन्द्रीय समितिमा प्रस्ताव गरे,–‘६ हजार ७४३ वडामा पार्टीका कमिटीको बैठक राखेर जाने, केन्द्रीय सदस्यहरुलाई पनि वडामा केन्द्रीत गरेर जाने गरि जानुपर्छ।’
उनले मंसिरमा विधान अधिवेशन गर्ने प्रस्ताव पनि गरेका छन्। पार्टी अध्यक्ष देखि केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीसम्मलाई परिचालन कसरी गर्ने भन्नेमा पनि केन्द्रीत रहेर प्रस्ताव गरेका छन्। अध्यक्षलाई सरकार र पार्टीको नेतृत्व गर्ने, उपाध्यक्षहरुलाई विभागको जिम्मा दिने प्रस्ताव पनि प्रचण्डले गरेका छन्।