Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकारले विश्वासको मत प्राप्त गर्छ: नवनियुक्त मुख्यमन्त्री थापा

सरकारले विश्वासको मत प्राप्त गर्छ: नवनियुक्त मुख्यमन्त्री थापा


मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापु¬ङबाट मुख्यमन्त्रीको नियुक्ति पत्र प्राप्त भएपछि मंगलबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनमा विश्वासको मतका लागि कुनै समस्या नहुने बताए । मुख्यमन्त्री थापाले विश्वासको मतका लागि कुनै शङ्का उपशङ्का नगर्न आग्रहसमेत गरे ।

उनले सभामुखले राजीनामा दिएपछि प्रदेशसभा उपसभामुखले सञ्चालन गर्ने भएकाले बहुमत सदस्यको समर्थन आफूलाई रहेको प्रष्ट पारे । उनले वर्तमान गठबन्धन सरकार चार वर्ष सञ्चालन हुनेमा ढुक्क रहन र जनताको समृद्धिमा सरकारले कार्य गर्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री थापाले प्रदेशमा राजनीतिक गणितका कारण अस्थिरता रहेको चर्चा गर्दै मुख्य चुनौती भनेको दलभित्र बहुमत नरहनु नै समस्या रहेको विचार राखे । उनले भने, “प्रदेशमा नौ जना मन्त्री नियुक्त गर्ने जानकारी दिँदै मन्त्रीमा नयाँ र पुराना अनुहार रहने छन् ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

Techie IT