काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले आपत्ति जनाउँदै संसद अवरुद्ध गरेको हो।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले प्रतिनिधि सभाको बैठकमा बोल्दै आपत्ति जनाएका हुन्। उनले भने, ‘सत्तापक्षकै लेखनाथ दाहाल भन्ने सांसदले उहाँले भन्नुभयो एमाले नेतृत्वको सरकार हुँदा ओलीज्यूले पशुपति नाथको मन्दिमा जलहरी लगाउने भनेर सुन लगाउने भनेर पित्तल लगाएको गम्भिर आरोप यही सदनबाट लगाउनुभयो।’
उनले तथ्य र प्रमाणबिना लगाएको आरोप स्वीकार्य नहुने चेतावनी दिए। देशको मुख्य चुनौती भ्रष्टाचार बनेकाले देशलाई भ्रष्टाचार मुक्त नबनाएसम्म समृद्धिको यात्रा तय गर्न नसक्ने गिरीको भनाई छ।
आज प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेकोमा एमाले सांसदहरूले त्यसभन्दा अगाडि भ्रष्टाचारको निराधार आरोप लगाइएको विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै बैठक अवरुद्ध पारेका हुन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट
कास्की । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाल असंख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्ने
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छन् ।
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास
काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का
काठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट