गृहपृष्ठ ∕
राजनीति ∕
प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमालेले अवरुद्ध गर्ने प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमालेले अवरुद्ध गर्ने
काठमाडौँ। प्रतिनिधिसभाको मंगलबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्ने भएको छ। करिब क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्षले नमानेपछि एमालेले बैठक अवरुद्ध गर्ने भएको हो।
प्रतिनिधिसभाको बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले यो प्रकरणमा मन्त्री र प्रधानमन्त्रीकै संलग्नता भएको हुनसक्ने आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति नबन्दासम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान राखेको छ।
सत्तापक्षका नेताहरुले भने सुन तस्करीबारे नियमित प्रक्रियाबाट नै छानबिन अघि बढीरहेकाले तत्काल उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको धारणा राखेका थिए।
दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि मंगलबारको बैठक पनि नियमित सञ्चालनमा बाधा पर्ने भएको छ। सोमबारको बैठक सूचना टाँसेर स्थगित भएको थियो।
यसअघि गत साउन १० गते बसेको बैठकमा एमालेले छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग