Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमेरो नेतृत्वले जस्तासुकै चुनौती छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाएको छः प्रधानमन्त्री

मेरो नेतृत्वले जस्तासुकै चुनौती छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाएको छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्व गरेपछिको सात महिनाको अविधिमा गरिएका कामले जस्तासुकै चुनौती छिचोलेर अघि जान सकिन्छ भन्ने विश्वास दिलाएको बताएका छन्। आइतबार दिवंगत माधवप्रसाद मरहट्टाको जीवन आधारित पुस्तकको विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले जनताको जीवन र अवस्था बदल्न सुशासन र समृद्धिको यात्रातिर अघि बढिरहेको पनि बताए। ‘जनताको जीवन र अवस्था पनि बदल्न सामाजिक न्याय, सुशासन र समृद्धिको एउटा नयाँ यात्रातिर अगाडि बढ्ने जमर्को गरिरहेको छ। सरकार गठनको सात महिनासम्म पुग्दा जे जति मेहनत भएको छ, जे जति प्रयास भएको छ, यसबाट जे जति उपलब्धि हाँसिल हुँदै छन्,’ उनले भने, ‘त्यसले देश र जनताको पक्षमा इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाउँदै गएको छ।’

उनले भ्रष्टाचारविरुद्ध काम गर्दा जनतामा आशाको नयाँ रक्तसञ्चार गरेको समेत सुनाए। ‘पछिल्लो समय भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा महत्वपूर्ण क्रियाकलाप भएका छन्। जनतामा आशाको नयाँ रक्तसञ्चार गरेको छ। नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै छ,’ प्रधानमन्त्रीले भने।

उनले पार्टीभित्रको जटिल परिस्थितिमा माधव मरहट्टाको घर समस्या समाधानको केन्द्र हुने गरेको स्मरणसमेत गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

Techie IT